Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

देउवा र ओली जुटे संसदभित्रै निर्णायक वार्तामा


संसद बैठक शुक्रबार सम्मका लागि स्थगित गरिएपछि त्यो समयको उपयोग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली संसद भवनभित्रै छलफलमा जुटेका छन् ।
छलफलमा प्रधानमन्त्री देउवा सहित कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा र सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की रहेका छन् भने एमालेका तर्फबाट अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र अर्का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ रहेका छन् ।
एमसीसी सम्झौतामा सत्तारुढ दलहरुबीच कुराकानी मिल्न नसकेपछि प्रधानमन्त्री देउवाले केही दिनयता प्रमुख प्रतिपक्षी दल एमालेसँगको सम्वादलाई जोड दिँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार