Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

एमसीसीका सन्दर्भमा एमाले हल्लाका पछि लाग्दैन : ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका सन्दर्भमा एमाले हल्लाका पछि नलाग्ने बताएका छन् ।
एमाले निकट कानुन व्यवसायीहरुको दोस्रो राष्ट्रिय सम्मेलनलाई राजधानीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले हल्लाका पछि नलागी देश र जनताका पक्षमा लाग्ने बताएका हुन् ।
प्रचण्ड र माधव नेपालले जस्तो एमालेले दोहोरो चरित्र देखाउन नजानेको भन्दै उनले कांग्रेसले आफूहरुसँग कुरा गर्न थालेपछि केहीको सात्तो गएको बताए । पछिल्लोपटक प्रचण्ड र माधव नेपाल कुद्दै बालुवाटार गएर एमसीसीका पक्षमा उभिन्छौं गठबन्धन जोगाइदिनुप¥यो भन्दै देउवाका पाउमा लम्पसार परेको सूचना आफूले पाएको उनले दाबी गरे ।
झलनाथ खनाल नेतृत्वको सरकारदेखि लिएर अहिलेको सरकारसम्मले एमसीसीका पक्षमा काम गरेको बताउँदै उनले देश, जनता र विकासका पक्षमा एमाले जहिल्यै उभिने बताए । एमसीसीका पक्षमा एमालेले संसदमा ठोस कुरा राख्न चाहेको भएपनि एमालेलाई संसदीय प्रकृयामा सहभागी हुने अवसरबाट सभामुख र सत्ता वठबन्धनले रोकेको उनको भनाई थियो ।
एमालेले कारबाही गरेका १४ सांसदको पद खारेज सम्बन्धी सूचना टाँस हुनुपर्ने आफूहरुको पूर्ववत अडानमा कुनै परिवर्तन नभएको उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार