कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादीको नामबाट केन्द्र शब्द हटाएर निर्वाचन आयोगमा दर्ता गरिएको छ ।
अब बुढाथोकी नेतृत्वको माआवादीको नाम नेकपा माओवादी समाजवादी भएको छ । निर्वाचन आयोगले प्रदान गरेको दर्ता सम्बन्धी प्रमाणपत्रमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी रहेको छ ।
दल दर्ता नम्बर १८५ रहेको यो दल पछिल्लो समयमा व्यापक विवाद र चर्चामा रहेको एमसीसीका विपक्षमा निरन्तर आन्दोलन गर्दै आइरहेको छ ।









