Logo
१ बैशाख २०८३, बुधबार
|  Wed Apr 15 2026

युक्रेन–रूसबीचको युद्धमा नेपाली विद्यार्थीहरु ( भिडियो सहित )


युक्रेन–रूसबीच दुई दिन यता लडाइँ चर्किरहेको छ। युक्रेनको राजधानी ‘किभ’ यतिबेला सुनसान छ ।

युक्रेनमा अध्ययन गरिरहेका नेपालीहरू द्वन्द्व ग्रस्त क्षेत्र छाडेर सुरक्षित स्थानतर्फ लागेको विद्यार्थी अब्दुल बरी बताउँछन् । यहाँका नेपालीहरूले रूसी सुरक्षा फौजले हमला गर्दै आएको संकटग्रस्त ठाउँ छाडिरहेका छन् । स्थानीय तथा प्रवासी नेपालीहरू रेलस्टेशनमा भीड लागेका छन् । रेलस्टेशनदेखि सडकसम्मै सन्नाटा छाएको बरीको भनाइ छ ।

नेपालीहरूले हजारौँ किलोमिटरको रेल यात्रा पार गरेर सिमा नाका तर्फ लागिरहेका छन् ।

बैँकहरु बन्द भएपछि खल्तिमा पैसा नभएको र किनेर राखेको खाद्यान्न पनि सकिएको उनको भनाइ छ । युक्रेन–रूस तनावले आफूहरू त्राशमा बाँचिरहेको अर्का नेपाली विद्यार्थी सुशिल ढकालले बताएका छन् । नेपालीहरू त्राशपूर्ण अवस्थामा रहे पनि सुरक्षित स्थानमा सरिरहेको उनको भनाइ छ ।

रूसी सेनाले दर्जनौँ गैर–सैनिक स्थलहरूमा निरन्तर आक्रमण गरिरहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !
विचार