Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

गृहमन्त्रीले दिए धन्यवाद


गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीका विषयसँग जोडेर भएको आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका सुरक्षा प्रमुखलाई धन्यवाद व्यक्त गरेका छन् ।

गृहमन्त्री खाँणले प्रतिनिधि सभाबाट बहुमतले एमसीसी पास भएपछि एमसीसी अनुमोदनमा साथ दिने सबैलाई टेलिफोन गरेर धन्यवाद दिएको उनका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए ।

उनले सुरक्षाकर्मी साथी घाइते हुँदासमेत संयमता अपनाएर सुरक्षा दिने काममा अहोरात्र खटिएकोमा प्रशंसा पनि गरेका छन् । “एमसीसीबारे भएको आन्दोलनमा संयमता अपनाएर नागरिकलाई सुरक्षा प्रदान गरेको, आन्दोलनमा आएका उत्तेजित हुँदासमेत संयम भएर सुरक्षा दिएकोमा धन्यवाद दिएको”, गृहमन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा समन्वय महाशाखाका प्रमुख सहसचिव पोखरेलले बताए ।

गृहमन्त्री खाँणले आन्दोलनका क्रममा घाइते भएका सुरक्षाकर्मी र आन्दोलनकारीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार