संसद भवन अगाडि राखिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।
नयाँ वानेश्वरको संसद भवन अगाडि नो एमसीसी लेखिएको शंकास्पद प्रेसर कुकुर भेटिएको थियो । बिहान ११ बजेतिर भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।
संसद भवन अगाडि राखिएको प्रेसर कुकरमा शंकास्पद वस्तु हुनुपर्ने त्यस्तो केहि पनि नरहेको नेपाली सेनाका बम डिस्पोजल टोली इ.ओ.डीका कप्तान सन्दिप शर्माले जानकारी दिए ।








