प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै छ ।
आज तीनकुनेस्थित रोयल बैक्वेटमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न लागेको हो ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी लगायत मुलुकमा भएका परिस्थितिको बारेमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।








