प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले विरोध गरिरहेका छन् ।
बुधबार दिउँसो १ बजे बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् ।
भदौ २३ गतेदेखि एमाले सांसदले संसदमा अवरोध गर्दै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारी विपरीत कारबाहीमा परेका आफ्ना १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सांसदले नाराबाजी गर्दै आएका हुन् ।








