Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

फलफूलको नाममा गाँजा बेच्ने पक्राउ


फलफूलको बहानामा गाँजा बेचबिखन गर्ने गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ बस्ने १९ वर्षिय अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । धनुषा प्रहरीले उनलाई गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित दुधमती चोक बस्ने अरुणले सञ्चालन गरेको फलफूल पसलबाट गाँजाको कारोबार हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले खानतलासी गर्दा डिस्पोजल झोलाभित्र कागजको पुरिया बनाई बिक्री वितरणका लागि तयारी पारी राखिएको अवस्थामा गाँजाको पुरीया १३ थान बरामद गरिएको उनले बताए ।

बरामद गरिएको गाँजा ९० ग्राम रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार