Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

आजदेखि स्थानीय तह निर्वाचनका लागि मतदाता नामावली दाबी विरोध


निर्वाचन आयोगले आजदेखि स्थानीय तह निर्वाचनका लागि मतदाता नामावलीमा आजदेखि दाबी विरोध आव्हान गरेको छ ।
नामावली दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेको छ । आयोगले स्थानीय निर्वाचनको तयारी सम्बन्धमा जानकारी गराउन पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शालिग्राम शर्मा पौडेलले समयसीमा भित्र मतदाता नामावलीमा दाबी विरोध गर्न पाउने जानकारी दिएका छन् ।
अद्यावधिक कार्यक्रम अन्तर्गत मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाउनेछन् ।
यसैबीच आसन्न स्थानीय तह निर्वाचनका लागि रु आठ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार