Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

संघीय निजामती सेवा ऐनलाई यथासिघ्र जारी हुन्छ : प्रधानमन्त्री देउवा


प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथासिघ्र जारी गर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कर्मचारीको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको भन्दै यसका लागि संघीय निजामती सेवा ऐन छिटै जारी गर्ने बताएका हुन् । उनले कर्मचारी समायोजनको क्रममा देखिएका समस्यालाई पनि समाधान गर्दै सेवा प्रवाहरुलाइ थप प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेको धारणा पनि राखे ।

प्रधानमन्त्री देउवाले निजामती कर्मचारीले राजनीतिका आस्थामा कुनै भेदभाव नगरि छिटो छरितो सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा अन्य कांग्रेस नेताहरुले कांग्रेसले आफ्नै जोड बलमा चूनाव जित्ने भन्दै कसैको साहारा लिन आवश्यक नरहेको धारणा राखेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार