केपी शर्मा ओलीले २\२ पटक विघटन गरेर सर्वोच्च अदालतले दुई पटक नै पुनस्र्थापना गरिदिएको संसद फेरि विघटनको सम्भावना बढेर गएको छ । ओलीले संसद विघटन गरेर प्रतिगामी काम गरे भन्ने दलहरु नै संसद विघटनको पक्षमा बोल्न थालेका छन् । आइतबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद बैठकबाट बाहिरिँदै गर्दा संसद विघटनको चेतावनी दिए । केपी शर्मा ओलीको वितण्डा समना गर्न पनि संसद विघटन गनुृपर्ने उनको तर्क थियो ।
माधवकुमार नेपालले नै संसद विघटनको आवाज उठाइसकेपछि अब यो संसद लामो समय नजाने निश्चित छ । किनकी माधवकुमार नेपालको बोली भनेको नेकपा एकीकृत समाजवादीका अध्यक्षको बोली मात्रै होइन यो सत्ता गठबन्धनको आवाज पनि हो ।
त्यसो त यसअघि सत्ता गठबन्धनर्क अर्का एक प्रमुख नेता नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि संसद विघटनको संकेत गरेका थिए । एमालेले निरन्तर संसद अबरोध गरिरहे मंसिर अघि नै संघीय चुनावमा जान सकिने उनको तर्क थियो । यसको सोझो अर्थ भनेको संसद विघटन नै हो ।
सत्ता गठबन्धनकै नेताहरुले किन संसद विघटनको चेतावनी दिइरहेका छन् ? संसद विघटन गर्दा उनीहरुलाई कस्तो लाभ हुन्छ र उनीहरु यतिबेला यसको पक्षमा उभिँदैछन् ? यो प्रश्न धेरैका मनमा उब्जिएको छ । हिजोका दिनमा ओलीले ससद विघटन गर्दा बाह्र हात उफ्रने, अदालतमा जाने र संसद विघटनको कामलाई प्रतिगामी भनेर केपी शर्मा ओलीको खेदो खन्ने अहिलेका सत्ता गठबन्धनका नेताहरु आज संसद विघटनकै पक्षमा उभिनु अस्वभाविक पक्कै हो । यसलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने स्थानीय तहको निर्वाचन धेकेल्ने प्रपञ्चका रुपमा बुझेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको भनाई छ ।
नेकपा एमालेले आरोप लगाए जस्तै स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र स्वरुप अहिले सत्ता गठबन्धन अघि बढेको हो या होइन त्यो भोलिका दिनमा प्रष्ट हुँदै जाला । तर, अघिल्लो पटक ओलीले गरेको संसद विघटनलाई प्रतिमागी भन्ने दल र तीनका नेताहरु अहिले आफैं संसद विघटनको पक्षमा उभिँदा भने नैतिक प्रश्न स्वभाविक रुपमा उब्जिएको छ ।








