सिन्धुपाल्चोक बलेफी गाउँपालिकाबाट नेकपा (एमाले)मा निर्वाचित अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस पार्टी कार्यालय सानेपामा मंगलबार प्रधानमन्त्री एवं काग्रेस सभापति शेर बहादुर देउवा लगाएतका नेताहरुले क्षेत्रीलाई कांग्रेस प्रवेश गराएका हुन् । सो क्रममा देउवाले कांग्रेसको सदस्यता प्रदान गरेका थिए । पार्टी प्रवेशपछि क्षेत्रीले एमाले सिन्धुपाल्चोकमा जुरेको भन्दा ठूलो पहिरो गएको र यो कांग्रेसले मात्रै सम्हाल्नसक्ने बताए । उनले आफु संस्कारयुक्त पार्टीमा आएको पनि धारणा राखे ।
क्षेत्रीसंगै सिन्धुपाल्चोकका एमाले केहि नेता र कार्यकर्ताहरु पनि कांग्रेस प्रवेश गरेका छन् ।








