Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

नेपाली काँग्रेस सिन्धुपाल्चोकको अधिवेशन सुरु


नेपाली काँग्रेस सिन्धुपाल्चोकको अधिवेशन आजबाट सुरु भएको छ ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजबाट जिल्ला अधिवेशन सुरु भएको हो ।

विभिन्न कारणले पटक–पटक तय भएर पनि हुन नसकेको अधिवेशन आजबाट सिन्धुपाल्चोकको चौतारामा हुँदैछ । अधिवेशन अन्तर्गत भोलि फागुन २८ गते नयाँ नेतृत्व चयनका लागि मतदानको कार्यक्रम हुने नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले जानकारी दिए ।

अधिवेशन अन्तर्गतको निर्वाचनका लागि कार्यक्रम तालिका र मतदाता नामावली सार्वजनिक भइसकेको निर्वाचन अधिकृत देव बहादुर महतले बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार