Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

नेपाल नागरिक अभियानको राष्ट्रिय अध्यक्षमा डा. ठाकुरमोहन श्रेष्ठ सर्वसम्मत


हिन्दु राष्ट र राजसंस्था पुनःस्थापनाको अभियान सञ्चालन गर्दै आएको नेपाल नागरिक अभियानको राष्ट्रिय अध्यक्षमा डा. ठाकुरमोहन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
काठमाडौंमा शनिबार सम्पन्न भएको पहिलो साधारणसभाले डा.श्रेष्ठलाई राष्ट्रिय अध्यक्षमा पुनः सर्वसम्मत चयन गरेको हो । अभियानको राष्ट्रिय उपाध्यक्षमा डा.हरिहरप्रदीप घिमिरे र वाजिद अली देवान चयन भएका छन् भने उपाध्यक्षमा हेमरत्न शाक्य, गजेन्द्र विष्ट र गंगा पाण्डे चयन भएका छन् ।
यस्तै सचिवमा रमेश नापित, सह सचिवमा मनिष मानव श्रेष्ठ, कोषाध्यक्षमा मदन मिश्र चयन भएका छन् । साधारणसभाले २ वर्षे कार्यकालका लागि २५ सदस्यीय राष्ट्रिय कार्यसमिति चयन गरेको छ ।
संगठन विस्तारलाई निरन्तरता दिने, स्रोत व्यवस्थापन र राष्ट्रिय सरोकारका विषयलाई उजागर गर्ने, चुनाव भन्दा एकीकृत आन्दोलनलाई प्राथमिकतामा राख्दै राष्ट्रिय एकताका लागि पहल गर्ने लगायतका एजेण्डा साधारणसभाले पारित गरेको राष्ट्रिय अध्यक्ष डा. ठाकुरमोहन श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार