Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका युवाहरूलाई सम्मान


युवा तथा खेलकुद मन्त्रालयले यस वर्षको राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका प्रतिभावान् युवाहरूलाई सम्मान गरेको छ ।

मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा पत्रकारिता पुरस्कार वितरण गरेको हो । यस वर्ष राष्ट्रिय युवा प्रतिभा सम्मानबाट पुरस्कृत हुनेमा उद्यमशीलता तर्फ सुर्खेतका हिमकुमारी उपाध्याय, समाजसेवा तर्फ गोर्खाका धिर्ज कुमार उपरकोटी, किर्तिमानतर्फ कालिकोटका मंगल बहादुर बिष्ट, कृषि तर्फ चितवनका सन्तोष बोडे रहेका छन् ।

त्यस्तै पशुपालन तर्फ कुशलचन्द्र अधिकारी, युवा सशक्तिकरण तर्फ लमजुङका कुसुम केसी, कृषि तर्फ सुमित्रा घिमिरे, समाजसेवा तर्फ राजन गौतम, स्वंयसेवा तर्फ राज कुमारी पौडेल, अनुसन्धान तर्फ राजाराम गुरुङ, समाजसेवातर्फ अशोक शर्मा भट्ट र बिज्ञान प्रविधि तर्फ खिम प्रसाद पन्थीले राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्राप्त गरेका छन् ।

मन्त्रालयले युवा पत्रकारिता पुरस्कार सञ्चारिकका सममूहका बसन्ती बास्तोला, सुदुर आवाज डटकमबाट पूर्ण बहादुर खड्का, खवरकुञ्ज डटकमबाट सिताराम ओझा र नेपाल प्रेस डटकमबाट केशव बहादुर भुललाई प्रदान गरेको छ । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयमन्त्री महेश्वर जंग गहतराजले युवाहरुले गरेको कामलाई प्रोत्साहन गर्न राज्यले सम्मान गर्ने नीति बनाएको बताए ।

मन्त्रालयले युवा प्रतिभा सम्मान कार्यबिधि २०७२ अनुसार मूल्याङ्कन भई छनौट भएका व्यक्तिलाई पुरस्कार प्रदान गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार