Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

न्यायाधिश पदमा सिफारिस भएका तिल प्रसाद श्रेष्ठको सुनुवाई प्रक्रिया अघि बढ्यो


संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधिश पदमा सिफारिस भएका तिल प्रसाद श्रेष्ठको सुनुवाई प्रक्रिया अघि बढाएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले न्यायपरिषद्बाट सिफारिस भएका श्रेष्ठका बिरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । केहि दिन अघि बसेको न्यायपरिषद्को बैठकले सर्वोच्चको न्यायधिश पदका लागि बिराटनगर उच्च अदालतका मुख्य न्यायाधिश श्रेष्ठको नाम सिफारिस गरेको थियो । समितिले श्रेष्ठबिरुद्ध उजुरीका लािग १० दिने सूचना आह्वान गर्ने निर्णय गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । १० दिनको समयपछि श्रेष्ठमाथिको थप सुनुवाई अघि बढ्ने सभापति कर्णले बताए ।

सुनुवाई समितिबाट प्रस्तावित नाम अनुमोदन भए राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार