ललितपुर, २ चैत । नेपालीहरुको रंगीन सांस्कृतिक पर्व फागु पुर्णिमाको अवसरमा ॐश्री इँटा उद्योग बुंगमतीले फागु पुर्णिमा मनाउन ज्यापू समाज ललितपुरलाई दुईलाख रुपैयाँ बराबरको ५ सय थान सेतो टिसर्ट उपहार दिएको छ ।
ॐश्री इँटा उद्योग बुंगमतीका सञ्चालक विष्णु मर्हजनले ज्यापू समाज ललितपुरका अध्यक्ष तिर्थलाल महर्जनलाई आज ज्यापू समाज ललितपुरमा ती टिसर्ट हस्तान्तरण गरे ।

फागु पुर्णिमाको अवसरमा ज्यापू समाज ललितपुरले ललितपुरको मंगलबजारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको प्रमुख आतिथ्यमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ ।
सांस्कृतिक कार्यक्रमपछि ललितपुर महानगरपालिकाका २६ वटा वडामा रहेका ज्यापू टोलको स्थलगत भ्रमणको कार्यक्रम र परम्पारगत नेवारी भोज ‘समय् बजी’ कार्यक्रमको आयोजना गरिने ज्यापू समाज ललितपुरका अध्यक्ष तिर्थलाल महर्जनले बताए ।
यसैवीच ज्यापू समाज अन्तर्गतको ज्यापू कल्याण भवन निर्माणको लागि ज्यापू समाज ललितपुरका पूर्व अध्यक्ष रामकाजी अवालेले १ लाख ५ हजार नगद सहयोग गरेका छन् । अवालेले सो रकम ज्यापू समाज ललितपुरका अध्यक्ष तिर्थलाल महर्जनलाई हस्तान्तरण गरेका थिए ।








