नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु ५ वृद्धि गरेको हो ।
यस्तै हवाई इन्धन ९आन्तरिक० तर्फ प्रतिलिटर रु १५ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर २०० वृद्धि भएको निगमले जनाएको छ ।
निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । मूल्यवृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १५५, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु १३८, हवाई इन्धनको मूल्य प्रतिलिटर १५१ र हवाई इन्धनको मूल्य प्रतिलिटर अमेरिकी डलर १.४९५ पुगेको छ ।
मूल्यवृद्धि गर्दा पनि आगामी १५ दिनमा करिब रु चार अर्ब ६६ करोड नोक्सानी हुने निगमले जनाएको छ । सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न रकमको अभाव भएको निगमले जनाएको छ ।





