Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

गुल्मीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु


गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराती जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर-१ झेदीमा लु ३ त २८३३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा परेर ट्याक्टर चालक जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-६ निवासी ३१ वर्षको रेशम कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना स्थलबाट चालकको अचेत अवस्थामा उद्धार गरिएको थियो ।

दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिव ३ सय मिटर तल खसेको छ । ट्याक्टरले झेदी स्थित सडक निर्माणमा काम गर्दै आएको प्रहरीले जनाएको छ । मृतक चालकको शव पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार