अति खती हो … वाध्य भएर न्यायका लागि सुरक्षा फौज भित्रका अधिकृतहरूमा रहेको चर्चा र त्रासको बारे कलम चलाउदै छु । आवश्यक परे नागरिक अनुसन्धान गरी विकृति र विसंगतीवारे ठोस कदम समेत उठाउन वाध्य हुने छौ ।
गृह सचिव टेकनारायण पाण्डेवाट प्रहरी र सशस्त्र प्रहरी वलका महानिरीक्षकहरु असन्तुष्ट भन्ने कुरा आमसञ्चारमा आउनु सामान्य विषय होइन । राजनीतिमा प्राधिकरण र सुरक्षा प्रशासनमा राजनीतिकरणको निरन्तरता मुलुकको साझा हितमा हुँदैन । यदि प्रजातन्त्रवादी गृहमन्त्री नै बेखबर हो वा मिलेमतो हो भने अझै गम्भीर विषय हो । त्यतिमात्र होइन गृहका सहसचिव फणिन्द्र पोखरेलले मौकामा चौका हान्न आफ्ना भाञ्जालाई डीएसपीमा वढुवा गराउँन विभिन्न वहानागरी एक महिनादेखी सशस्त्रको फायल रोकेको विषयमा समेत सुरक्षा फौजमा सरोकार अधिकृतहरूमा आतंक फैलिएको छ ।
खवरदार केही वर्ष पहिला पनि यस्तै प्रकृितका खेल भएर फौजमा आतंक र त्रास परेको थियो । देशकै अकुत सम्पतिका धनि सहसचिव चुणामणी हुँदा ..नतिजा साक्षी छ । १५ वर्ष सम्म सिपाही हवल्दार हुन नपाउनु इन्सपेक्टर डीएसपी हुन नपाउनु सामान्य पिडा र वृति विकासको सन्दर्भमा विडम्वना हो संगठनमा । अव पनि प्रशासन र प्रहरी सेवाहरूमा सोही प्रवृित दोहोरिए पूर्व सुरक्षाकर्मी तथा नागिरक समाज यस्ता विकृतिका कारक तत्व र व्यक्तित्वहरूका वारे नागिरक अनुसन्धान गरी भण्डाफोर गर्न वाध्य हुने छौ ।
आन्तरिक सुरक्षा संगठन प्रमुखहरुलाई वेवास्ता गरिनु वा राजनीतिक गोटी वनि दिनु मुलुकको सिंगो सुरक्षामा चुनौति थप्नु सिवाए के हुन सक्छ ? साथी सुरक्षा प्रमुखहरू पनि लाचारी र मुकदर्शक भएर कार्यकाल पुरा गर्ने प्रवृत्ति र कमजोर मनस्थितिमा हुनु देश र संगठनको हितमा हुने छैन ।
संगठनका नियमित कामकाज, सरुवा वढुवामा समेत विभिन्न षडयन्त्र तथा चालवाजी आदीका कारण मातहतका अधिकृतहरुको वृतिविकासमा समेत खेलाँची गरिनु नितान्त लज्जास्पद विषय हो । साथै संगठन प्रमुख पनि यस्ता गम्भिर विषयमा मुकदर्शक हुनु कमाण्ड सिद्दान्त र मूल्यमान्यता विरुद्ध कमजोर कडी हुन् । तसर्थ समयमै यस्ता असन्तुष्टी र मनमुटाव निक्र्यौल हुनु जरुरी छ । स्मरण रहोस पद रिक्त हुदा सम्म फायल नवढ्ने, बेनामे उजुरी राखेर साँढेको जुधाई वाच्छाको मिचाइका खेल तथा विना अध्ययन उच्च पदहरु कायम र वदर हुने, माहुल कुरेर मन्त्रालयवाट प्रस्ताव वा फायल वढने वा नवढने, अस्थिर असन्तुलित प्रवृतिको शिकार संगठन र इमान्दार कर्मठ राष्ट्रसेवकहरुमा नपरोस र मनोवल नगिरोस ।
गृहमन्त्री ज्यू, सचिवज्यू र प्रहरी र सशस्त्र प्रहरीका आईजीपी साहेवहरुको समन्वय र समझदारी कायम भएको समाचार सुन्न पढन पाऔ । कुनै दल र नेताका मात्र वन्ने कुसंसारको निरन्तरता नहोस । सुरक्षा फौजमा अन्याय नहोस तथा आन्तरिक सुरक्षा अराजक नबनोस् । कुनै पनि अप्रिय घटना नघटोस । देश सामान्य अवस्थामा छैन । इतिहासले माफी दिने छैन, चेतना भया ।
(लेखक नेपाल नागरिक अभियानका राष्ट्रिय संयोजक हुन् )






