Logo
१० असार २०८३, बुधबार
|  Wed Jun 24 2026

सर्वोच्च अदालतको न्याधीशमा श्रेष्ठले लिए सपथ


सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् ।

बुधबार सर्वोच्चमा कानूनमन्त्री दिलेन्द्र प्रसाद बडूको उपस्थीतमा कामू प्रधानन्यायधिश दीपक कुमार कार्कीले श्रेष्ठलाई सपथ खुवाउनुभएको हो । कार्यक्रममा सर्वोच्चका अन्य न्यायाधिश लगाएतको उपस्थीति रहेको थियो ।

यसअघि मंगलबार संसदीय समितिबाट नाम अनुमोदन भए लगत्तै श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायाधीशमा नियुक्त गरेका थिए । विराटनगर उच्च अदालतका न्यायाधीश रहेका श्रेष्ठ फागुन ६ मा सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार