Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

सत्ता गठबन्धनको बैठक बस्दै


आसन्न स्थानीय तहको चुनावमा तालमेल गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ ।

सत्तारुढ दलका नेताहरुले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचन तथा त्यसपछिका प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने बताइरहेका छन् ।

आजको सत्ता गठबन्धनको बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजो गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै सत्ता गठबन्धनको बैठकले तालमेल गर्ने निर्णय गर्ने बताएका थिए । उनले आजको बैठकबाट कम्तिमा महानगरको विषयमा निर्णय लिने बताएका थिए ।

सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबार हुने भारत भ्रमण र नेपालले उठाउने एजेण्डाका विषयमा पनि छलफल हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार