Logo
९ माघ २०८२, शुक्रबार
|  Fri Jan 23 2026

भीमफेदी-कुलेखानी सडकमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु


मकवानपुरको भीमफेदी(कुलेखानी सडकखण्डमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी पुष्कर बोगटीका अनुसार आइतबार भीमफेदी गाउँपालिका(६ जुरिखेतमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो। ‘६ जनाको मृत्यु भएको छ। पहिचान खुल्न बाँकी छ,’ उनले भने।

साँझ सवा ५ बजेतिर जुरिखेतमा काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना।१ज १७७८ नं.को जिप दुर्घटनामा परेको थियो।

जिप सडकबाट १०० मिटर तल खोल्सामा खसेको थियो।

सुमोमा सवार ९ जनालाई उद्धार गरी हेटौंडा अस्पताल लगिएको थियो। त्यसमध्ये ६ जनाको मृत्यु भएको हो।


प्रतिक्रिया दिनुहोस !
विचार