नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसको नीति र नेता दुवै फेर्नु पर्ने बताएका छन् ।
कांग्रेस कार्यसम्पादन बैठकपछि बोल्दै महामन्त्री थापाले नीति र नेता फेर्नका लागि अधिवेशन गर्नु पर्ने बताए । उनले छिटो अधिवेशन गर्न सकिन्छ भने मंसिरभित्रै गर्न प्रस्ताव गरे । उनले नेतृत्वलाई महाधिवेशन गर्न नसक्ने भए पुरानै प्रतिनिधिबाट अधिवेशन गर्न सुझाव दिए ।
उनले संवेदनशील अस्था भएकाले विशेष महाधिवेशन माग गरिएको बताए । ‘विधानको पालनाको गर्दाखेरि पार्टीलाई विभाजनतर्फ लैजान्छ भन्ने कुराको हौवा किन पिटिराखेको रु’ गगनले प्रश्न गरे ।





