Logo
९ माघ २०८२, शुक्रबार
|  Fri Jan 23 2026

काठमाडौंमा बढ्यो जाडो, तापक्रम ३ मा झर्‍यो


जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकासहित देशैभर जाडो बढेको छ । काठमाडौंमा आज यो वर्षकै कम तापक्रम मापन भएको छ ।

मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंमा ३.७ डिग्री सेल्सियस र ललितपुरको सानेपा क्षेत्रमा ३.३ डिग्री सेल्सियस मापन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै जाडो बढ्न लागेको भन्दै अनावश्यक काममा बाहिर ननिस्किन आग्रह गरिसकेको छ ।

जाडोको समयमा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अरुको तुलनामा बढी समस्या हुनसक्ने भएकाले ख्याल गर्न मन्त्रालयले सुझाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार