Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

सुनकोशीमा भेटियो भोटेकोशीमा खसेको गाडीका चालकको शव


भोटेकोशी नदीमा बोलेरो जिपसहित बेपत्ता भएका चालकको शव फेला परेको छ ।

भदौ २८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ ढुंगाखानीस्थित सडकबाट बोलेरो जिप भोटेकोशीमा खसेको थियो ।

उक्त गाडीका चालक भोटेकोशी गाउँपालिका–५ सानु तामाङको शव सशस्त्रको टोलीले सोमबार सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित सुनकोशी नदीबाट निकालेको थियो ।

तामाङको शव उनका आफन्तले सनाखत गरेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार