नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले महतलाई प्रवक्तामा नियुक्त गरेका हुन्।उनलाई पार्टीको प्रवक्तामा नियुक्त गरिएको प्रधामन्त्री देउवाको सचिवालयले जनाएको छ ।हालै सम्पन्न १४ औं महाधिवेशनमा आफ्नै समूहबाट महामन्त्री पदमा पराजित बनेका महतलाई देउवाले प्रवक्तामा मनोनयन गरेका हुन् ।
प्रवक्तामा नियुक्ति गर्नुअघि सभापति देउवाले महतलाई केन्द्रीय सदस्यमा पनि मनोनित गरेका थिए । अघिल्लो कार्यसमितिमा पनि देउवालाई महतलाई सहमहामन्त्रीमा मनोनयन गरेका थिए ।
अघिल्लो कार्यसमितिमा भने विश्वप्रकाश शर्मा प्रवक्ताको जिम्मेवारीमा थिए । १४ औं महाधिवेशनबाट भने शर्मा महामन्त्रीमा निर्वाचित भएका छन् ।








