सभामुख अग्नीप्रसाद सापकोटाले विघटित संसदको बैठक बोलाउँने चर्चा चलिरहेका बेला पूर्व समाभुख तारानाथ रानाभाटले त्यसप्रति असहमति व्यक्त गरेका छन् ।
आजको प्रेससँग विशेष कुराकानी गर्दै रानाभाटले सभामुखलाई सिधै संसद बैठक बोलाउँने अधिकार नभएको बताएका हुन् । सभामुखका आफ्नै सिमा र मर्यादा हुने बताउँदै पूर्व सभामुख रानाभाटले भने,‘ सभामुखले त्यो बाटो रोज्नुहोला भन्ने मलाई लाग्दैन ।
’ सभामुखले केहीगरी विघटित संसदको बैठक बोलाएको खण्डमा त्यसले देशलाई मुठभेडतिर लैजाने रानाभाटको भनाइ छ । सभामुखलाई कसैले पनि विघटित संसदको बैठक बोलाउन प्रेरित गर्न नहुने भन्दे पूर्वसभामुख रानाभाटले देशलाई सही दिशामा लैजाने गरी भूमिका खेल्नुपर्नेमा जोड दिए । पूर्वसभामुख रानाभाटसँगको विस्तृत कुराकानीका लागि भिडियो क्लिक गर्नुहोला ।