Logo
१९ कार्तिक २०८३, बिहीबार
|  Thu Nov 5 2026

आईजीपी हेरफेरमा सरकारले कुनै निश्चित समयमा औचित्य पुष्टि गर्ला’:सभापति लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले काम गर्नेक्रममा कुनै कदम चाल्दा गर्ने निर्णयको औचित्य उसैले पुष्टि गर्नुपर्ने बताएका छन् ।

बिहीबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदमहरू चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहने बताएका हुन् ।

उनले सरकारका निर्णयमाथि प्रश्न उठाउने, आवश्यक स्पष्टता माग्ने र निगरानी गर्ने काम पार्टीको जिम्मेवारी भएको बताए । उनले भने, ‘सरकारले गरेका सबै चिजलाई पार्टीले होमा हो मिलाउँदैन। पार्टीले गरेका हरेक चिजलाई सरकारले पनि होमा हो मिलाउँदैन। सरकारका निर्णयमा आवश्यक पर्दा पार्टीले फरक धारणा राख्ने र थप स्पष्टता माग्ने गर्छ। कुनै पनि सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदमहरू चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ। त्यो औचित्य अवश्य पनि सरकारले पुष्टि गर्ला। पार्टीले सरकारलाई आईजीपी, डीआईजी, इन्स्पेक्टर वा सीडिओ फेर भनेर भन्दैन ।’

उनले सरकार र पार्टीबीच कुनै प्रकारको अन्तरद्वन्द्व नरहेको दाबी गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार