म फ्रन्टलाइनका व्यक्तिहरुको वर्गमा परिनँ । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सरसफाइकर्मी, सरकारी कर्मचारी, बैंकको कर्मचारी, राजनीतिक नेता मध्ये म कुनैपनि होइन । म त एक व्यापारी, जसले सरकारलाई वर्षौं करोडौंको कर तिरेको छु । बैंकको लाखौं ब्यााज तिरेको छु, घरबेटीहरुलाई महिनाको लाखौं घर बहाल तिरेको छु । केही दर्जन कर्मचारीलाई रोजगार दिएको छु । उनीहरुको परिवारलाई पाल्न मद्धत गरेको छु । तर, म जस्तो व्यक्ति राज्यको नजरमा यतिबेला आवश्यक व्यक्तिहरुको वर्गमा परेको छैन ।
यो राज्यको नजरमा म बाँच्नुपर्ने व्यक्तिहरुको वर्गमा छैन । म राज्यलाई सोध्न चाहन्छु ः के म र हामी जस्ता व्यक्तिहरुलाई यो महामारीमा जोगाउनु राज्यको दायित्वमा पर्दैन ? यदि पर्छ भने खोई त हामीलाई भ्याक्सिन ? सरकार, यद्धि तिमिले हामीलाई भ्याक्सिनको व्यवस्था गर्न सक्दैनौ भने भ्याक्सिनको विकल्प खोज्न भनेर हामीलाई भन । हामी विकल्प खोज्छौं र हजारौंलाई निःशुल्क सेवा दिन्छौं ।
म सम्पुर्ण व्यवसायिक संघ, महासंघ तथा उच्च पदबहाल गरेर बसेकाहरुलाई पनि आग्रह गर्दछु तपाईको संघको सम्पुर्ण सदस्य , सदस्यका कर्मचारी तथा त्यसका परिवारहरु लाई यथाशिघ्र भ्याक्सिनका लागि पहल गरिदिनुहोस् । अन्यथा के हामी मर्ने ?