Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

भोटेकोशी बाढीमा बेपत्ता जुम्लाका ६३ जनाको सूची सार्वजनिक


जुम्ला। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी बेपत्ता भएका जुम्लाका ६३ जनाको यकीन विवरण सार्वजनिक गरेको छ ।

प्राधिकरणद्वारा जारी सार्वजनिक सूचीमा रहेका व्यक्ति जीवित रहेका वा फेला परेका भए सम्बन्धित व्यक्ति वा निजको एकाघरका परिवारका सदस्यलाई सात दिनभित्र दाबी पेस गर्न आग्रह गरिएको छ ।

प्राधिकरणले जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकीन भएर आएका विवरणका आधारमा बेपत्ता व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार