Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

नेपाललाई २४ हजार करोड सहयोग गर्ने भारतीय प्रधानमन्त्री मोदीको घोषणा


काठमाडौँ । भारतले नेपाललाई २ खर्ब ४० अर्ब रूपैयाँको विकास सहकार्य प्याकेज उपलब्ध गराउने घोषणा गरेको छ । सोमबार नयाँदिल्लीमा प्रधानमन्त्री बालेन साहसँग द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घोषणा गरेका हुन् ।

यो रकम नेपालको बाढीपछिको पुनर्निर्माण, दीर्घकालीन विकास तथा भविष्यमा आउन सक्ने विपदसँग जुध्ने क्षमता बढाउन उपयोग गरिने मोदीले बताएका छन् ।

उनले भनेका छन्, ’नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासलाई थप मजबुत बनाउन हामी २४ हजार करोड नेपाली रूपैयाँको विकास सहकार्य प्याकेज घोषणा गर्दछौं ।’


प्रतिक्रिया दिनुहोस !
विचार