Logo
८ मंसिर २०८३, मंगलवार
|  Tue Nov 24 2026

विवाद समाधानका लागि संवादको ढोका खुला,विधानविपरीत गतिविधि गर्नेलाई कारबाही गर्ने गगन थापाको चेतावनी


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको विवाद समाधानका लागि संवादको ढोका खुला राख्दै विधानविपरीत गतिविधि गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् । मंगलबार पार्टीको केन्द्रीय समिति बैठकमा सभापति थापाले कांग्रेसमा दुईवटा महाधिवेशन हुन नसक्ने बताएका हुन् ।

विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका आधारमा कसैलाई अलग नगर्ने तर, कांग्रेसको सदस्यता कायम राख्दै अर्को पार्टीमा आबद्ध हुने वा अर्को दलको चुनाव चिह्नबाट निर्वाचन लड्नेहरूलाई पार्टी विधानअनुसार कारबाही गरिने उनले स्पष्ट पारे । पार्टी छाडेर अर्को दलमा जाने विषयमा विधान स्पष्ट रहेको भन्दै उनले त्यसको कार्यान्वयन गर्नु सभापतिको जिम्मेवारी भएको बताए ।

पार्टीभित्र असन्तुष्ट रहेका नेता तथा कार्यकर्तालाई समेट्ने प्रयास भने जारी रहने उनले बताए । सभापति थापाले पार्टीभित्रका विवादलाई ढाकछोप गरेर राख्ने पक्षमा आफू नरहेको बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार