Logo
११ मंसिर २०८३, शुक्रबार
|  Fri Nov 27 2026

साउदी अरबमा भएको आक्रमणमा एक नेपालीको मृत्यु, दुई जनाको उपचार हुँदै


काठमाडौँ । साउदी अरबमा भएको हमलामा परी एक नेपाली नागरिको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रियादमा मङ्गलवार भएको आक्रमणको एउटा घटनामा परी एक नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले बिहीबार राति विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘साउदी अरबमा गरिएका ताजा हमलाहरूमा परी एक नेपाली नागरिकको दुःखद अन्त्य भएकोप्रति हामी गहिरो रूपमा दुःखी भएका छौँ र अरू तीन जना घाइते भएकोमा चिन्तित भएका छौँ ।’

घाइतेमध्ये एक जना उपचारपछि निको भएका छन् भने दुई जनाको अझै उपचार भइरहेको जनाइएको छ। परराष्ट्र मन्त्रालयले कुनै पनि बहानामा सर्वसाधारण नागरिक र सार्वजनिक पूर्वाधारलाई निशाना बनाउन नहुनेमा जोड दिएको छ ।

नेपालले सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन तथा विवाद र द्वन्द्व समाधानका लागि शान्तिपूर्ण उपाय अवलम्बन गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार