साताको दोस्रो दिन सोमबार सेयर बजारमा सामान्य सुधार आएको छ। आइतबार दोहोरो अंकले घटेको बजार सोमबार भने झिनो अंकले सुधार भएको हो ।
आइतबार ११.६० अंकले घटेको नेप्से परिसूचक आज ७.९० अंकले बढेको हो। यससँगै नेप्से २७६५.४४ विन्दुमा उक्लिएको छ।महिला लघुवित्त वित्तीय संस्था र चन्द्रागिरी हिल्समा सोमबार लगानीकर्ताहरु झुम्मिएका छन् ।
सबै भन्दा धेरै बढ्ने कम्पनीमा यी दुई कम्पनीहरु देखिदा सूर्या लाइफ इन्स्योरेन्स र कालिका पावर कम्पनीको शेयर मूल्य धेरै घटेको छ ।





