Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

उकालो लाग्यो सेयर बजार


साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य बढेर बन्द भएको छ। मंगलबार दोहोरो अंकले ओरालो लागेर सेयर बजार आज १ दशमलव ८२ अंकले उकालो लागेर २ हजार सात सय ३४ दशमलब ९४ विन्दुमा कायम भएको छ । कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ ।

नेप्सेमा २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता सेयर खरिद बिक्री हुँदा चार अर्ब २१ करोड ७४ लाख बराबरको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीले गरेको छ । यस बैंकले २६ करोड १५ लाख भन्दा बढीको कारोबार गरेको छ ।

आज कारोबारमा आएका बैंकिङ, व्यापार, जीवन बिमा समूहको सूचकबाहेक सबै समूहको सूचकमा सामान्य अंकको गिरावट आएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार