Logo
१८ भाद्र २०८३, बिहीबार
|  Thu Sep 3 2026

कांग्रेस सभापतिमा उम्मेदवारी दिने निधिको औपचारिक घोषणा


कांग्रेस उपसभापति विमलेन्द्र निधिले पार्टीको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन्।

उम्मेदवारी घोषणा कार्यक्रममा निधिले प्रतिबद्धता र योजना पनि सार्वजनिक गरेका छन्। ‘ पार्टीभित्र विकसित गुट-उपगुटको अवस्थालाई उचित व्यवस्थापन गरी सबै साथीहरुलाई ऐक्यबद्ध रुपमा पार्टीको लक्ष्यउन्मुख गराउने’, उनले भने।

निधि लामो समयसम्म वर्तमान सभापति शेरबहादुर देउवाको टिममा थिए। तर, १३औं महाधिवेशनमा देउवालाई आफूले सघाउने र १४औंमा देउवाले आफूलाई सघाउने भनिएको भए पनि देउवाले आफैं उम्मेदवार हुन अघि सरेपछि निधि पनि अघि बढेका हुन्।

कांग्रेसको १४औँ महाधिवेशन यही मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुन गइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार