Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

सेयर बजारमा सामान्य गिरावट


बिहीबार सेयर बजारमा परिसूचक नेप्सेमा तीन अंकको गिरावट आएको छ । गत मंगलबार १.८९ अंकले बृद्धि हुँदै २७ सय ३५ बिन्दुमा पुगेको नेप्से सूचक बिहीबार पुनः ३.२२ अंकले घट्दै २७ सय ३१.७८ बिन्दुमा झरेको हो । तीन अंकले घटेको बजारमा तीन अर्ब ७८ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बुधबार भने नेप्से सामान्य अंकले बढेको थियो। बिहीबार कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४ अर्बभन्दा माथि कारोबार भएको सेयर बजारमा बिहीबार ३ अर्ब ७६ करोड ९७ लाख रुपैयाँको मात्र कारोबार भयो। बिहीबार २३३ कम्पनीको ७४ लाख ६८ हजार ५७५ कित्ता सेयर किनबेच भएका छन्।

बिहीबार कारोबारमा आएका तीन समूह बाहेक सबै समूहको सेयरमूल्य आरालो लागेको छ। बिहीबार सबैभन्दा धेरै विकास बैंक समूहका लगानीकर्ताले गुमाएका छन् भने सबैभन्दा धेरै अन्य कम्पनी समूहको लगानीकर्ताले कमाएका छन्। बिहीबार सबै भन्दा धेरै समृद्धि फाइनान्स कम्पनीका लगानीतर्काले कमाएका छन्। समृद्धि फाइनान्स कम्पनीको सेयरमूल्य बिहीबार ९.२७ अंकले बढेको छ।

बिहीबार सबैभन्दा धेरै मानुसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन्। यो कम्पनीको सेयरमूल्य बिहीबार ६.९३ प्रतिशतले घटेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार