पछिल्लो २४ घण्टामा थप ३०८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ९०९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २८१ र एन्टिजेन विधिबाट २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या २९८ रहेको छ भने संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ७ हजार ३४९ रहेको छ । यस्तै १० वर्ष मुनिका ५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ७८, ललितपुरमा ७८, मोरङमा १९, चितवनमा १७, भक्तपुरमा १६, झापामा ११ र रुपन्देहीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।





