Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

सहमतिको प्रयासमा जुटे ओली, भीम रावललाई पनि बोलाए छलफलमा


पार्टीको १०औं महाधिवेशनका लागि चितवनको सौराहामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ नेतृत्व सम्बन्धमा सहमति जुटाउन अहिले छलफल गरिरहेका छन्। अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावललाई पनि उनले छलफलमा बोलाएका छन्।

आफू बसेको सौराहास्थित पार्क सफारी रिसोर्टमा ओलीले नेताहरूलाई बोलाएका हुन्। ओली बिहीबारै चितवन पुगेर पार्क सफारी रिसोर्टमा बसिरहेका छन्।

सहमतिको लागि अन्तिम प्रयास गर्ने र सहमति नजुटे निर्वाचनमार्फत पदाधिकारी चयन गर्ने निष्कर्षमा ओली पुगेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार