Logo
१८ भाद्र २०८३, बिहीबार
|  Thu Sep 3 2026

महाधिवेशनस्थलमा यस्तो डुंगा चढेर पुग्‍नेछन् ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाधिवेशनस्थलमा डुंगा चढेर जाने भएका छन्। ओली डुंगाबाट महाधिवेशन स्थल पुग्ने भएपछि नदी किनारमा कार्यकर्ताहरु धमाधम बाटो निर्माण गरिरहेका छन्।

अध्यक्ष ओली नारायणीपारिबाट डुंगा चढ्ने भएकाले त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

महाधिवेशनस्थलमा ओलीको स्वागतका लागि नेपालको राष्ट्रिय झण्डासहित एमालेको झण्डा बाटोको चारैतिर लगाइएको छ। एमाले महाधिवेशन आज मध्याह्न १२ः३० बजे अध्यक्ष ओलीले उदघाटन गर्ने कार्यक्रम रहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार