Logo
१६ जेष्ठ २०८३, शनिबार
|  Sat May 30 2026

भीम रावलले अध्यक्षको र सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षको अडान छाडेनन्


नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको विषयमा अहिलेसम्म सहमति जुट्न सकेको छैन । औपचारिक रुपमा अध्यक्षमा उठ्ने घोषणा गरेका उपाध्यक्ष भीम रावल आफ्नो अडानबाट पछि हटेका छैनन्। उनी कुनै हालतमा अध्यक्षभन्दा तल नझर्ने मनस्थितिमा छन्।

पदाधिकारी र केन्द्रीय सदस्य थप्ने केन्द्रीय कमिटी बैठकको निर्णयमा पनि रावलले फरक मत राखिरहेका छन् । उनले केन्द्रीय कमिटीमा अचानक विधान संशोधनको प्रस्ताव आएको भन्दै यसबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए।

सर्वसम्मत अध्यक्ष बन्ने तयारीमा रहेका अध्यक्ष ओलीले रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने भने पनि उनी तयार नभएको स्रोतले बताएको छ। तर अरु केही नेताहरु रावललाई वरिष्ठ उपाध्यक्ष दिएर भए पनि सहमतिमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिइरहेका छन्।

यता वरिष्ठ उपाध्यक्ष रावललाई दिन ओली सकारात्मक भए पनि सुवास नेम्वाङले सो पदको अडानबाट पछि हटेका छैनन्। उनी आफूले वरिष्ठ उपाध्यक्ष पाउनुपर्ने बताउँदै आएका छन्। उनलाई अन्यत्र व्यवस्थापन गरी रावललाई वरिष्ठ उपाध्यक्ष दिएर भए पनि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताइएको छ ।

शुक्रबार सुरु भएको एमाले महाधिवेशनमा सहमति नजुटे आज नै उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार