Logo
१६ जेष्ठ २०८३, शनिबार
|  Sat May 30 2026

पार्टीमा सहमति जुटाउन नसकेपछि भावुक हुँदै ओलीले भने-‘कति बाँच्छु थाहा छैन’


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभई एकता मुख्य कुरा भएको बताएका छन् । उनले पार्टीको नयाँ नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेतर्फ संकेत गर्दै यस्तो बताएका हुन्। चितवनको सौराहमा जारी पार्टीको दशौं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले विपक्षीसँग प्रतिस्पर्धा गर्नुपर्ने र पार्टीभित्र एकता गर्नुपर्ने बताए।

’पार्टीभित्र एकता मुख्य कुरा हो। प्रतिपक्षीसँग प्रतिस्पर्धा मुख्य कुरा हुन्छ। पार्टीभित्र अगाडि बढ्दा एकता मुख्य कुरा हुन्छ। ओलीले भने, ‘पार्टीभित्र प्रतिस्पर्धा मुख्य कुरा होइन एकता मुख्य कुरा हो । यसले विपक्षीसँग लड्नका लागि बल पैदा हुन्छ,’ उनले भने।

उनले महाधिवेशन प्रतिनिधि र कार्यकर्तालाई एकतामा जोड दिन पनि आग्रह गरे। उनले आफ्नो पार्टीका कार्यकर्ताको हातमा लोकतन्त्रको भविष्य सुरक्षित रहेको भन्दै आफू ढुक्क रहेको उल्लेख गरे।

पार्टीमा सहमति जुट्न नसकिरहेको बेलामा भावुक हुँदै ओलस्ले भने ‘यसै पनि मानिसको जिन्दगीको टुंगो हुँदैन । म त झन् धेरैपटक मरेर बाँचेको हुँ । धेरैपटक अपरेशन गरेको शरीर हो । त्यसैले कति बाँच्छु थाहा छैन । तर मलाई मिठो निद्रा लाग्छ, खाना रुच्छ, जब तपाईंहरुलाई अगाडि देख्छु। तपाईंहरुको हातमा देशको भविष्य सुरक्षित देख्छु । आन्दोलनको भविष्य सुरक्षित देख्छु । समृद्धिको यात्रा सुरक्षित देख्छु, त्यसैले म ढुक्क भएर सुत्न सक्छु।’

पार्टी विभाजन हुँदा एकताको पक्षमा उभिएका कार्यकर्ताका कारण आजको अवस्थामा आइपुगेको भन्दै उनले साहसी कार्यकर्ताहरुको अध्यक्ष हुन पाएकोमा आफूलाई गर्व लाग्ने गरेको बताए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार