Logo
१६ जेष्ठ २०८३, शनिबार
|  Sat May 30 2026

रात्रिबस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, २७ घाइते


जाजरकोटमा रात्रिबस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। २७ जना घाइते भएका छन्। नेपालगन्जदेखि राडिबजार जाँदै गरेको बस दुर्घटना भएको हो। को ना ७ ख २७५७ नम्वरको यात्रुवाहक रात्रिबस जाजरकोट भेरी नगरपालिका १३ वराहचौर नजिक दुर्घटना भएको हो।

घाइतेहरुको उपचार जिल्ला अस्पताल जाजरकोटमा भइरहेको प्रहरीले जनाएको छ। मृतकहरुको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

बस दुर्घटना कसरी भएको भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ। घाइते र मृतकहरु नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार