Logo
१६ जेष्ठ २०८३, शनिबार
|  Sat May 30 2026

सहमति जुटाउन ओलीलाई सकस‚ अझै सुरु हुन सकेन बन्दसत्र


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी पदाधिकारीमा सहमति जुटाउन नेता तथा कार्यकर्ताहरूमा छलफलमा जुटेका छन्। नेकपा एमालेको जारी बन्द सत्रमा ओलीलाई सचिवालयका १९ जना पदाधिकारीसहित केन्द्रीय समितिका सबै सदस्यको नामावली प्रस्ताव गर्न जिम्मा दिइएको छ। तर‚ पदाधिकारीका आकांक्षी धेरै भएकाले ओलीलाई पदाधिकारीमा सहमति जुटाउन सकस परेको छ।

ओली पार्क सफारी रिसोर्टमा आइतबार बिहानैदेखि नेताहरुसँग छुट्टाछुट् र सामूहिक छलफलमा जुटेका छन्। केही समयअघि उनलाई पूर्वमाओवादी नेताहरुले भेट गरेका थिए। यस्तै‚ अष्टलक्ष्मी शाक्य पनि ओलीलाई भेटेर निस्किसकेकी छन्। अहिले प्रदेश २ का अध्यक्षहरुसँग छलफलमा रहको बताइएको छ। भीम रावललाई छलफलमा बोलाएको भए पनि उनी हालसम्म आएका छैनन्।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावलपक्षले प्रतिनिधिहरुसँग मत माग्नेक्रमलाई तीव्रता दिएको छ।महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी, केन्द्रीय सदस्य र निकायका पदाधिकारीको सूची बन्न ढिला हुँदा नेकपा एमाले महाधिवेशनको अन्तिम दिनको बन्दसत्र ढिला भएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार