एमालेको दशौं महाधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका भीम रावल र अध्यक्ष केपी शर्मा ओलीबीच वान टु वान वार्ता भएको छ ।
अध्यक्ष ओली बसेको होटेलमा दुई जनाबीच वान टु वान वार्ता भएको हो । भेटमा उनीहरुबीच के कुराकानी भयो भन्ने कुरा बाहिर नआएपनि अध्यक्ष ओलीले रावललाई वरिष्ठ उपाध्यक्षमा रहन आग्रह गरेको बुझिएको छ । जवाफमा रावलले उम्मेद्वारी घोषणा गरिसकेको अबस्थामा आफू ब्याक हुन नसक्ने बताएको रावल निकट एक नेताले जानकारी दिए ।
आफू अध्यक्षमा किन उम्मेद्वारी दिँदैछु भन्नेबारको ३१ पन्ने पर्चा समेत वितरण गरिसकेको बताउँदै रावलले पर्चा वितरणमा आफू पक्षीय नेता कार्यकर्तालाई अपमान गरिएको भन्दै दुखेसो समेत गरेका थिए ।
अध्यक्ष ओलीले रावललाई झिनामसिना कुरामा नअल्झिन आग्रह गर्दै चुनाव भए वरिष्ठ उपाध्यक्षको पद गुम्ने र पदाधिकारीबिहिन अवस्थामा पार्टीमा रहनुपर्ला भनेर सम्झाएको बुझिएको छ । तर, रावल आफ्नो अडानबाट पछि हटेका छैनन् ।





