Logo
२०८१, ३० आश्विन बुधबार
|  Wed Oct 16 2024

आजका मुख्य १५ समाचार


१.नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग, ११ जना नेताको कारबाही निष्क्रिय, माओवादी त्यागेका बादल सहित ४ नेता स्थायी कमिटीमा मनोनित
२. यात्रुहरुसँग बढी भाडा लिएको आरोपमा ८ जना पक्राउ, निशेधाज्ञापछि उपत्यका बाहिर जाने यात्रुसँग मनपरी भाडा लिइएपछि प्रहरीले चलायो विशेष अपरेसन
३.. आजबाट भारी वर्षाको सम्भावना, नदी तथा तटीय क्षेत्रका बासिन्दलाई सतर्कता अपनाउन मौसम विभागको आग्रह
४.संसद भंगबारे सरकारी वकिलको पनि बहस सकियो, संसद भंग तथा प्रधानमन्त्रीमा देउवाको दाबीका विषयमा केहीदिनभित्रै फैसला आउने अनुमान
५.भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने एमालेको निर्णय, पार्टीले ग¥यो खनालको स्वास्थ्य लाभको कामना
६. संसद र संसदीय शासन प्रणालीमाथि चौतफी प्रहार भएको सभामुख अग्नीप्रसाद सापकोटाको भनाइ, लोकतन्त्रको लाभलाई जनस्तरसम्म पु¥याउन नसकिएको स्विकार
७. जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका मन्त्री कृष्णगोपाल श्रेष्ठले स्विकारे गल्ती, आइन्दा गल्ती नगर्ने प्रतिबद्धता
८.चिठ्ठा प¥यो भन्दै ठगी गर्ने गिरोह देशका विभिन्न स्थानमा सक्रिय, सतर्कता अपनाउँन सर्वसाधारणलाई बैंकर्स संघको आग्रह
९.पछिल्लो २४ घण्टामा २८९२ जनामा देखियो कोरोना संक्रमण, ४१ जनाको मृत्यु
१०. कालीगण्डकी डाइभर्सन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर, राष्ट्रपति र प्रधानमन्त्री कार्यालयलाई बनाइयो विपक्षी
११. शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार, २० अर्ब माथि पुगेको कारोबार रकम ६ अर्बभन्दा तल झ¥यो ।
१२. उपत्यकामा निषेधाज्ञा खुकुलो भएपछि सडकमा सवारीसाधनको चाप, स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई प्रहरीको कारबाही
१३. ५ दिनयता हराइरहेकी चितवन गड्यौलीकी सुजिता भण्डारीको अवस्था अझै अज्ञात, प्रहरीले खोजी कार्यमा सक्रियता नदेखाएको स्थानीयको अरोप
१४.मकवानपुरको मनहरीमा बोलेरो गाडी दुर्घटना, कुखुरा बोकेको गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु
१५. अमेरिका र क्यानडामा अत्याधिक गर्मी, गर्मीका कारण क्यानडामा ज्यान गुमाउनेको संख्या ६० पुग्यो


प्रतिक्रिया दिनुहोस !
विचार