Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

पेरुमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, क्षतिको विवरण संकलन हुँदै


पेरुमा आइतबार राति शक्तिशाली भूकम्प गएको छ। उत्तरी पेरुमा ७.५ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पबाट एउटा चर्चसहित दर्जनौं भवन भत्किएका छन्। त्यस्तै भूकम्पमा कम्तिमा १० जना मानिस घाइते भएका छन्। क्षतिको विवरण आइसकेको छैन ।

भूकम्पपछि निरन्तर परकम्पन गइरहेका छन्। भूकम्पको गहिराई १३१ किलोमिटर रहेको पेरुको भू(सर्वेक्षण केन्द्रले जनाएको छ। भूकम्पबाट ७५ घर भत्किएको नागरिक रक्षा अधिकारीहरुले बताएका छन्। भूकम्पले छिमेकी इक्वेडरमा पनि सामान्य क्षति पुर्‍याएको छ।

भूकम्पको केन्द्र विन्दु साता मारिया डे निभा सहरबाट ९८ किलोमिटर पूर्वमा रहेको थियो। सो क्षेत्रमा अमेजोनियाली आदिवासी बसोबास गर्छन्। भूकम्पपछि सडक भत्किएका छन् भने केही क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध भएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार