Logo
१ कार्तिक २०८३, शनिबार
|  Sat Oct 17 2026

एमाले अध्यक्ष ओलीलगायत पदाधिकारी र केन्द्रीय सदस्यद्वारा शपथ ग्रहण


चितवनमा सम्पन्न १० औँ महाधिवेशनबाट नेकपा एमालेको अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले शपथ ग्रहण गरेका छन्। निर्वाचन आयोग प्रमुख विजय सुब्बाले उनलाई शपथ गराएका हुन्।

यसैगरी नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई ओलीले शपथ ग्रहण गराएका छन्। अन्य आयोगका पदाधिकारीलाई पनि सम्बन्धित आयोगका अध्यक्षले शपथ खुवाएका छन्।

शपथ ग्रहण अघि निर्वाचन आयोगका अध्यक्ष सुब्बाले मतपरिणाम सार्वजनिक गर्दै एमालेको अध्यक्षमा ओलीलाई विजयी घोषणा गरेका थिए। ओलीसँग भीम रावल २२३ मत ल्याएर पराजित भएका थिए । केन्द्रीय सदस्यमा विजयी भएपनि रावलले शपथ लिन मानेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !
विचार